
खरसाङ, 21 जुलाई (हि.स.)। भाजपा खरसाङको एक टोलीले आज खरसाङ महकुमा अधिकारी र खरसाङ खाद्य एवं वितरण विभागको कार्यालय पुगेर राशन कार्डबाट नाम काटिएको विषयमा जानकारी लिएको छ। भाजपाको तर्फबाट आरके शर्मा, पञ्चायत समिति सदस्या एवं मण्डल अध्यक्ष दिक्षा तामाङ, जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए।
भाजपा कार्यकर्ता आरके शर्माका अनुसार, सांसद राजु विष्ट र विधायक सोनाम लामाको पहल तथा तत्परतामा रासन कार्डबाट नाम हटाइएका व्यक्तिहरूको नाम पुनः रिस्टोर गरिएको छ। उनले रासन कार्डबाट नाम हटाइएका व्यक्तिहरूलाई यस विषयमा कुनै पनि अफवाहमा नपर्न आग्रह गरेका छन्।
साथै, नाम हटाइएका व्यक्तिहरूले कुनै नयाँ फारम भर्न आवश्यक नरहेको र उनीहरूको नाम स्वतः पुनः रिस्टोर भइसकेको जानकारी खरसाङ फुड एण्ड सप्लाई कार्यालयका कन्ट्रोलरबाट प्राप्त भएको शर्माले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक