एसआईआर र राशन कार्डबाट नाम काटिएमा भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापन
एसआइआरमा नाम काटिएको र राशन कार्डबाट नाम काटिएको विषयमा भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापन


खरसाङ, 21 जुलाई (हि.स.)। भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा खरसाङ महकुमा समितिले एसआईआर र राशन कार्डबाट नाम काटिएका व्यक्तिहरूको नाम पुन: सामेल गर्न माग गरेको छ। यस सम्बन्धमा पार्टीले महकुमा शासकलाई ज्ञापन पनि बुझाएको छ।

पार्टीको खरसाङ महकुमा समिति अध्यक्ष प्रणाम रसाईलीको अगुवाईमा एक प्रतिनिधिमण्डलले आज खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएको छ। महकुमा शासकले टोलीलाई उक्त मुद्दा कोर्टमा विचाराधीन रहेको जानकारी दिइन्।

ज्ञापन सुम्पेपछि रसाईलीले पश्चिम बंगालका मुख्यमन्त्री र लोकसभा सांसद राजु विष्टलाई मिडियामार्फत पुरानै प्रक्रियामा राशन उपलब्ध गराउन पहल गरेकोमा पार्टीको तर्फबाट धन्यवाद दिए। उनले पहाड़को जनसाधारणको नाम निर्वाचन तालिकामाबाट काटे पश्चात धेरै असुविधा भइरहेको जानकारी गराए। उनले सांसद राजु विष्ट र डबल इन्जिनको सरकारमाथि यस समस्याको चॉंडो समाधान हुने विश्वास व्यक्त गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande