सिक्किम सुरूङ्ग दुर्घटनालाई लिएर मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा शोक व्यक्त व्यक्त
Suvendu Adhikari


हुगली, 21 जुलाई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोमवार सिक्किमको नाम्ची जिल्ला अन्तर्गत समरदुङ्ग-झोलुङ्गे क्षेत्रमा एनएचपीसीको टिस्टा स्टेज-6 जलविद्युत परियोजनाको निर्माणाधिन स्थलमा सुरूङ्ग धसिएर भएको घटनाप्रति गहिरो दुःख अनि चिन्ता व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले सोमवार सोशल मीडिया प्लेटफर्म 'एक्स'-मा पोस्ट गरी बताए, उनले सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङसित फोनमा बातचित गरी घटनाको जानकारी लिए। उनले भने, स्थितिमाथि लगातार नजर राखिँदैछ, किनभने प्रभावित श्रमिकहरूमध्ये केही पश्चिम बङ्गालको जलपाईगुड़ी जिल्ला निवासी पनि हुनसक्ने आशङ्का रहेको छ।

उनले बताए, राहत एवं समन्वय कार्यको लागि राज्यका मन्त्री विशाल लामा अनि दार्जीलिङका जिल्लाधिकारी स्वयं घटनास्थल तर्फ प्रस्थान भइसकेका छन्। यस अतिरिक्त पश्चिम बङ्गालका गृह सचिवले लगातार सिक्किम प्रशासनको सम्पर्कमा रहेर बचाउ अभियानको पल-पलको जानकारी लिरहेका छन्।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, उनले सिक्किमका मुख्यमन्त्रीलाई यस कठिन घड़ीमा पश्चिम बङ्गाल सरकारको पक्षबाट हरसम्भव सहयोग दिने भरोसा दिलाएका छन्। उनले दुर्घटनामा प्रभावित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा सुरूङ्गमा फसेका सबै मानिसहरूको सुरक्षित बचाउको कामना समेत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande