
कुचबिहार, 21 जुलाई (हि.स.)। कुचबिहार नगरपालिकालाई लिएर राजनीतिक द्वन्द्व तीव्र भएको छ। नगरपालिकाका चेयरम्यान दिलीप साहाले यस हप्ताको शुरूमै राजीनामा दिने घोषणा गरेका थिए। यसबीच गए सोमवार उनको विरोधमा अधिकांश पार्षदहरूले अविश्वास प्रस्ताव दर्ता गरे।
बताइन्छ, 13 जना पार्षदहरूको हस्ताक्षर भएको अविश्वास प्रस्ताव एसडीओ कार्यालयमा जमा गरिएको छ भने अविश्वास प्रस्ताव जमा भएको तुरून्तै पश्चात दिलीप साहाले ई-मेल मार्फत आफ्नो राजीनामा एसडीओलाई पठाएको दाबी ग रेका छन्। यसले गर्दा नगरपालिकाको भविष्य हाल अनिश्चित देखिएको छ।
एसडीओ गोविन्द नन्दीले यस मामिलामा पत्रकारहरू समक्ष एक शब्द बोल्न पनि अस्वीकार गरे। तर प्रशासनका एकजना अधिकारीले पुष्टि गरे, 13 जना पार्षदहरूद्वारा हस्ताक्षरित अविश्वास प्रस्ताव जमा भएको छ।
दिलीप साहाले भने, “मैले पहिला नै बताएको थिएँ कि सोमवार वा मङ्गलवार राजीनामा दिन्छु। म बिमार थिएँ, त्यसैले पत्नीको माध्यमबाट राजीनामा पठाको थिएँ, तर मेरी पत्नी त्यहाँ पार्षदहरूको भीड़ देखेर फर्केर घरमा आइन्। त्यसपछि मैले ई-मेलबाट राजीनामा पठाएँ।” उनले यो पनि भने, पार्षदहरूले अविश्वास प्रस्ताव किन ल्याएका हुन्, उनलाई कुनै जानकारी छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा