
गुवाहाटी, 21 जुलाई (हि.स.)। असम सरकारका वन एवं पर्यावरण मन्त्री जयन्त मल्लबरुवाले ग्वालपाड़ा जिल्लाको लक्षीपुरस्थित प्रस्तावित नलबाड़ी आरक्षित वन, राक्षसिनी आरक्षित वन तथा ऐतिहासिक उरपद बील (झील)- को निरीक्षण गरे।
निरीक्षणपश्चात पत्रकारहरूसित बातचित गर्दै मङ्गलवार मन्त्रीले स्पष्ट रूपमा भने, वन भूमिलाई नष्ट गर्ने अनुमति कसैलाई दिइनेछैन। उनले भने, राज्य सरकार जङ्गलहरूको संरक्षण एवं पर्यावरण सुरक्षाको लागि पूर्ण रूपले प्रतिबद्ध छ।
मन्त्री मल्लबरुवाले यो पनि घोषणा गरे, क्षेत्रमा बढ़्दो हात्ती-मानव सङ्घर्षलाई न्यून गर्नको लागि विशेष उपाय गरिनेछ ताकि वन्यजीव तथा स्थानीय मानिसहरू दुवैको सुरक्षा सुनिश्चित गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा