सड़क दुर्घटनामा घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु
सड़क दुर्घटनामा घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु


खड़गपुर, 20 जुलाई (हि. स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा थाना क्षेत्रस्थित सालाजपुरमा राष्ट्रिय राजमार्ग-16 मा भएको सड़क दुर्घटनामा घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु भयो। मृतकको पहिचान दाँतन थाना क्षेत्रको भवानीपुर गाउँ निवासी अभिजीत कामिल्याको रूपमा भएको छ।

पुलिस सूत्र अनुसार अभिजीत कामिल्या गए आइतवार अबेर राती आफ्नी पत्नीको भाइको नवजात शिशुलाई हेर्नका लागि बेलदा सुपर स्पेशियलिटी अस्पतालमा आएका थिए। अस्पतालबाट घर फर्किने क्रममा सालाजपुर क्षेत्रमा पुगेपछि उनीहरूको वाहन अर्को वाहनसित ठोक्कियो। यस दुर्घटनामा उनी गम्भीर रूपमा घाइते भए।

स्थानीय मानिसहरूले उनलाई तत्काल बेलदा सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्याए जहाँ उपचार शुरू भएको थियो। सोमवार बिहान उनको अस्पतालमै मृत्यु भयो। घटनाको सूचना पाएर बेलदा थानाको पुलिस अस्पतालमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदियो। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande