गुवाहाटीको मालीगाउँमा पैह्रो, एउटै परिवारका चार जना सदस्य घाइते
गुवाहाटीको मालीगाउँमा पैह्रो, एउटै परिवारका चार जना सदस्य घाइते


गुवाहाटी, 20 जुलाई (हि.स.)। लगातार परिरहेको मुसलधारे पानीले गर्दा गुवाहाटीको मालीगाउँ स्थित माधवदेव नगर (गोशाला क्षेत्र)- मा सोमवार भीषण पैह्रो गयो। पहाड़बाट प्रचुर मात्रामा पैह्रोले सोहोरेर ल्याएको ढुङ्गा-माटो रेलवे कर्मचारी रञ्जीत दासको घरमाथि झऱ्यो।

स्थानीय मानिसहरूको तत्परतामा अवशेषहरूमा फसेका परिवारका चारै जना सदस्यहरूलाई जीवित बाहिर निकालियो। घाइतेहरूमा रञ्जीत दास, उनकी पत्नी सावित्री दास तथा उनका पुत्र र पुत्री सामेल छन् जसलाई तत्कालै अस्पतालमा भर्ती गरियो। चिकित्सकहरू अनुसार घाइतेहरूमध्ये एकजनाको अवस्था गम्भीर छ। लगातार वर्षाको कारणले क्षेत्रमा सतर्कता अप्नाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande