जोरहाटदेखि कोलकाता जाने इण्डिगोको उड़ान तकनिकी खराबीको कारणले रद्द
जोरहाटदेखि कोलकाता जाने इण्डिगोको उड़ान तकनिकी खराबीको कारणले रद्द


जोरहाट (असम), 20 जुलाई (हि.स.)। जोरहाटदेखि कोलकाता जाने इण्डिगोको उड़ान सङ्ख्या 6ई 6153 -मा उड़ान भर्नै लाग्दा तकनिकी कराबी भएको थाहा लागेपछि यात्रीहरूलाई विमानबाट सुरक्षित उतारियो। पछि सतर्कताको रूपमा विमानको उड़ानलाई रद्द गरियो। प्रारम्भिक जानकारी अनुसार विमानको इञ्जिनबाट इन्धन चुहिएको (फ्यूल लीकेज) भएको आशङ्का व्यक्त गरिएको छ। घटनामा कुनै पनि यात्रीलाई कुनै पनि प्रकारको चोट लागेको छैन। तकनिकी जाँच पश्चाचै विमानलाई पुनः सेवामा खटाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande