केजरीवालले सीजेपीका प्रदर्शनकारीहरूमाथि भएको लट्ठीचार्जको निन्दा गरे
केजरीवालले सीजेपीका प्रदर्शनकारीहरूमाथि भएको लट्ठीचार्जको निन्दा गरे


नयाँ दिल्ली, 20 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा)- का संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले ककरोच जनता पार्टी (सीजेपी)- को जन्तर-मनतरदेखि संसदसम्मको मार्चमा भएको कथित लट्ठीचार्ज औ अश्रु ग्यास प्रयोगको कड़ा निन्दा गरे। उनले केन्द्र सरकारलाई आफ्नो अहङ्कारलाई त्यागेर विद्यार्थीहरूको मागलाई सुनिदिने अपील गरे।

केजरीवालले सोमवार सोशल मीडिया प्लेटफर्म एक्सको पोस्टमा केन्द्र सरकारलाई लक्षित गरे।उनले आरोप लगाए, शान्तिपूर्ण ढङ्गमा प्रदर्शन गरिरहेका विद्यार्थीहरूलाई शत्रु जस्तै ठानिँदैछ र उनीहरूमाथि लट्ठीचार्ज गरिँदैछ। उनले भने, देशका युवाहरू कड़ा परिश्रम गर्दछन्, तर परीक्षा हुन अगावै पेपर लीक हुन्छ। यसको निम्ति युवाहरू न्याय माग्न सड़कमा उत्रिँदा सरकारले उनीहरूमाथि बल प्रयोग गर्छ।

केजरीवालले चेताउनी दिँदै भने, युवाहरूको आक्रोश हानिकारक हुनसक्छ। सरकारले दमनको मार्गलाई त्यागेर विद्यार्थीहरूसित बसी उनीहरूको समस्या सुन्नुपर्छ। उनले सरकारसित अपील गरेका छन्, उसले देशका नानीहरूको कुरा सुनोस्।

---

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande