गङ्गामा जल लिन गएकी किशोरीको डुबेर मृत्यु
गङ्गामा जल लिन गएकी किशोरीको डुबेर मृत्यु


झाड़ग्राम, 20 जुलाई (हि. स.)। बङ्गला श्रावण मासको प्रथम सोमवार जलाभिषेक गर्नको लागि गङ्गा जल लिन गएकी एकजना किशोरीको सुवर्णरेखा नदीमा डुबेर मृत्यु भयो। मृतकाको पहिचान प्रियङ्का राय (16)-को रूपमा भएको छ जो झाड़ग्राम जिल्लाको साङ्कराइल थाना अन्तर्गत रगड़ा गाउँकी निवासी तथा रगड़ा आरएनएम उच्च विद्यालयकी छात्रा थिइन्।

प्राप्त जानकारी अनुसार प्रियङ्का सोमवार काठुयापाल बालुवा खदानको छेउमा सुवर्णरेखा नदीबाट जल ल्याउनका लागि गएकी थिइन्। यसै अवदि अचानक उनी गहिरो पानीमा डुबिन्। घटनाको सूचना पाएर स्थानीय ग्रामीण तथा सिभिल डिफेन्सका कर्मीहरूले घटनास्थलमा पुगेर बचाउ कार्य शुरू गरे। पछि किशोरीलाई नदीबाट बाहिर निकालेर भाङ्गागढ़ ग्रामीण अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।

साङ्कराइल थानाको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। घटनाको जाँचमा पुलिस जुटिसकेको छ।

परिवारजनले आरोप लगाएका छन्, अवैध बालुवा खननको कारणले नदीमा भएको गहिरो खाड़लले गर्दा यो दुर्घटना भएको हो। उनीहरूले प्रशासनसित मामिलाको जाँच गरी आवश्यक कारबाही गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande