जम्मू एवं बारामुलामा जम्मू-कश्मीरलाई पूर्ण राज्य बनाउने मागमा एनसीले निकाल्यो ऱ्याली
जम्मू एवं बारामुलामा जम्मू-कश्मीरलाई पूर्ण राज्य बनाउने मागमा एनसीले निकाल्यो ऱ्याली


जम्मू, 20 जुलाई (हि.स.)। आज नेशनल कन्फ्रेन्सको कार्यालय जम्मूमा जम्मू-कश्मीरलाई राज्यको दर्जा दिने मागमा नेशनल कनफ्रेन्स जम्मू प्रान्तका सचिव शेख बशिर अहमदको नेतृत्वमा प्रदर्शन तथा ऱ्याली निकालियो। यस अवसरमा सयकड़ौं कार्यकर्ताहरूले ऱ्यालीमा सामेल भएर जम्मू-कश्मीरलाई पूर्ण राज्य बनाउने मागमा नाराबाजी गरे।

यसरी नै जम्मू-कश्मीरलाई पूर्ण राज्यको दर्जा बहाल गर्ने मागलाई लिएर नेशनल कन्फ्रेन्स (एन.सी.)- का हजारों कार्यकर्ताहरूले बारामूलामा पनि शान्तिपूर्ण विरोध प्रदर्शन गरे। ऱ्यालीको शुरूआत पार्टीको जिल्ला मुख्यालयबाट भयो जहाँ पार्टी कार्यकर्ताहरूले हात-हातमा पार्टीको झण्डा समातेर राज्यको दर्जा बहाल गर्ने माग गर्दै नारा लगाए।

ऱ्याली जिल्ला मुख्यालयबाट शुरू भएर उपायुक्त (डी.सी.) कार्यालय तर्फ बढ़्दै मुख्य चौक बारामूला भएर अगाड़ि बढ़्यो। प्रदर्शनकारीहरूले भने, जम्मू-कश्मीरलाई चाँड़ै पूर्ण राज्यको दर्जा बहाल गरिनुपर्छ, किनभने यो लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउने अनि प्रदेशका मानिसहरूको आकाङ्क्षालाई पूरा गर्नको लागि आवश्यक छ। यो विरोध प्रदर्शन पूर्ण रूपले शान्तिपूर्ण रह्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande