पञ्चायतहरूमा पीएससीको माध्यमबाट हुनेछ एघार हजार नियुक्ति: दिलीप घोष
पञ्चायतहरूमा पीएससीको माध्यमबाट हुनेछ एघार हजार नियुक्ति: दिलीप घोष


कोलकाता, 20 जुलाई (हि. स.)। पश्चिम बङ्गालका पञ्चायतहरूमा कर्मचारीहरूको अभावलाई साम्य बनाउनको लागि राज्य सरकारले एघार हजार पदहरूमा नियुक्ति दिने तयारी शुरू गरेको छ। पञ्चायत मन्त्री दिलीप घोषले सोमवार भने, अब पञ्चायत विभागमा लोक सेवा आयोग (पीएससी) -को माध्यमबाट केन्द्रिय स्तरमा नियुक्ति गरिनेछ।

विधानसभामा पत्रकारहरूसित बातचित गर्दै मन्त्रीले भने, कर्मचारीहरूको अभावको कारणले पञ्चायतहरूको कार्य प्रभावित भइरहेको छ। यसलाई मध्यनजर गर्दै राज्य सरकारले यसै वर्षभित्रमा नियुक्ति प्रक्रिया आरम्भ गर्ने निर्णय लिएको छ। आगामी दिसम्बरसम्ममा यसको लागि आवश्यक प्रक्रिया शुरू गरिनेछ।

उनले बताए, अहिलेसम्ममा पञ्चायत अधिनियम अन्तर्गत जिल्लास्तरमा नियुक्ति हुन्थ्यो भने अब यसमा परिवर्तन गरिँदैछ। किनभने लोक सेवा आयोग एक स्वायत्त संस्था हो, त्यसैले पञ्चायतमा नियुक्तिको दायित्व उसलाई सुम्पिनअघि कानूनमा संशोधन गर्न आवश्यक हुन्छ। यसको लागि आवश्यक विधायी प्रक्रिया शुरू गरिनेछ।

दिलीप घोषले भने, राज्यमा सत्ता परिवर्तन भएपछि मुख्यमन्त्रीले एक लाख रोजगार उपलब्ध गराउने आश्वासन दिएका थिए। पञ्चायत विभागको यो नियुक्ति प्रक्रिया सोही दिशामा एक महत्वपूर्ण कदम हो।

उल्लेखनीय छ, राज्यका अनेकौं पञ्चायत क्षेत्रहरूमा प्रशासनिक औ कर्मीहरूको अभावले गर्दा विकास कार्य प्रभावित भइरहेको छ। केही पञ्चायत बोर्डहरू भङ्ग भइसकेका छन् भने अनेकौं पञ्चायतहरूमा प्रशासक नियुक्त गरिएको छ। निर्वाचित प्रतिनिधिहरूको अनुपस्थिति तथा कर्मचारीहरूको अभावको कारणले केही योजनाहरूको कार्य थाँतीमा रहेको छ। यसै स्थितिलाई केन्द्र गर्दै राज्य सरकारले पञ्चायत विभागमा व्यापक रूपमा नियुक्ति दिने निर्णय लिएकोछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande