दमदममा बालिकासित कथित दुष्कर्मकाण्ड, दुई पक्राउ
दमदममा बालिकासित कथित दुष्कर्मकाण्ड, दुई पक्राउ


कोलकाता, 20 जुलाई (हि.स.)। उत्तर 24 परगना जिल्लाको दमदम नगरपालिका क्षेत्रमा एकजना नाबालिकासित कथित यौन उत्पीड़न भएको मामिला प्रकाशमा आएको छ। पुलिसले मुख्य आरोपीलाई पक्राउ गरेको छ। यस मामिलालाई लुकाउने प्रयास गरेको तथा आरोपीलाई साथ दिएको आरोपमा एकजना पूर्व पार्षदका पतिलाई पनि पक्राउ गरिएको छ।

पुलिस अनुसार वार्ड नम्बर 2 निवासी 40 वर्षीय बिलाल गाजीमाथि आरोप लागेको छ, उसले गए आइतवार साँझ एकजना नाबालिकालाई कुनै बहानामा आफूसित लिएर गएर उसित कथित यौन उत्पीड़न गऱ्यो। घटना बारे जानकारी पाउनसाथ परिवारजनले तुरून्त पुलिसलाई सूचना दिए।

परिवारजनको आरोप छ, मामिला बारे जानकारी गराएपछि क्षेत्रकी पूर्व पार्षदका पति जलिल मण्डलले पीड़ित परिवारलाई सहयोग गर्नको सट्टा घटनालाई सार्वजनिक नगर्ने दबाव दिए। यसै आरोपमा पुलिसले उनलाई पनि हिरासता लिएर पछि पक्राउ गऱ्यो।

सोमवार बिधाननगर पुलिस कमिश्नरेटद्वारा बताइएको छ, दमदम थानामा दर्ता सिकायतको आधारमा पुलिसले दुवै आरोपीविरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरेको छ। पुलिसको भनाइ छ, मामिलाका सबै पाटो र पक्षहरूको जाँच गरिँदैछ। प्रमाणको आधारमा अग्रिम कानूनी कारबाही गरिनेछ।

पीड़ित परिवार औ स्थानीय मानिसहरूले आरोपीविरूद्ध कड़ा कारबाही तथा शीघ्र न्याय दिने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande