
गुवाहाटी, 26 जुलाई (हि.स.)। असमकै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार सोशल मीडियामा जानकारी गराउँदै भने, उनले गए शनिवार लोकसेवा भवनमा विश्वको सबैभन्दा अग्लो पर्वत सगरमाथामा सफलतापूर्वक आरोहण गर्ने असमकी पहिलो महिला श्रीरूपामणि गड़सित भेट गरे।
मुख्यमन्त्रीले भने, श्रीरूपामणि गड़ले आफ्नो ऐतिहासिक उपलब्धिबाट सम्पूर्ण असमको गौरव बढ़ाउनको साथै नारी शक्तिलाई नयाँ उचाईँमा पुऱ्याएकी छन्। उनले यस उपलब्धिको निम्ति उनलाई हार्दिक बधाई दिए।
डा. सरमाले विश्वास व्यक्त गरे, श्रीरूपामणिले भविष्यमा पनि देश तथा असमको सुनाम फैलाइरहने छन्। उनले उनको उज्जवल भविष्यको लागि आफ्नो शुभकामना व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा