भाजपा र डीवाईएफआई समर्थकहरूमाझ हिंसक झड़प, तोड़फोड़
भाजपा र डीवाईएफआई समर्थकहरूमाझ हिंसक झड़प, तोड़फोड़


कुचबिहार, 26 जुलाई (हि.स.)। जिल्लाको गुञ्जबाड़ी क्षेत्रमा आइतवार अपरान्ह भारतीय जनता पार्टी (बीजेपी) औ डेमोक्रेटिक यूथ फेडरेशन अफ इण्डिया (डीवाईएफआई )-का कार्यकर्ताहरूमाझ हिंसक झड़प भयो जसले गर्दा सम्पूर्ण क्षेत्रमा तनाउ फैलियो। यस अवधि कुटपिट तथा वाहन सहित पेट्रोल पम्पमा तोड़फोड़ पनि गरियो।

जानकारी अनुसार डीवाईएफआईको एक पूर्व निर्धारित कार्यक्रम गुञ्जबाड़ीको पञ्चानन भवनमा आयोजना भएको थियो। डीवाईएफआईको आरोप छ, कार्यक्रममा सामेल हुन आएका उनीहरूका वाहनहरूमाथि जिल्लाका पाँच भिन्न स्थानहरूमा हमला गरियो। त्यसपछि पनि कार्यक्रम भइरहेको समय कथित रूपमा बीजेपी कार्यकर्ताहरूले त्यहाँ पुगेर सभालाई बाधा दिने प्रयास गरे जसले गर्दा दुई पक्षबीच विवाद भयो जुन हिंसक झड़पमा परिणत भयो।

स्थिति बिग्रिँदै गएपछि केही बीजेपी कार्यकर्ताहरू ज्याउन बचाउनका लागि नजिकैको एउटा पेट्रोल पम्पमा शरण लिन पुगे। आरोप छ, त्यहाँ पनि डीवाईएफआई कार्यकर्ताले पुगेर तोड़फोड़ गरे। हेर्दा-हेर्दै सम्पूर्ण क्षेत्र रणभूमिमा परिणत भयो।

घटनाको सूचना पाउनसाथ ठूलो सह्ख्यामा पुलिस बल अनि कम्ब्याट फोर्सले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। यस झड़पमा दुवै पक्षका मानिसहरू घाइते भएका छन्। हाल क्षेत्रमा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande