
धर्मशाला, 26 जुलाई (हि.स.)। काङ्गडा जिल्लाको नुरपुरमा चोरीको आशंकामा दुई महिलालाई जुत्ताले कुटेको भीडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पुलिसले अज्ञात व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरेको छ। यसको एउटा भीडियो सोशल मीडियामा भाइरल भइरहेको छ। घटनाको संज्ञान लिँदै नुरपुर पुलिसले मुद्दा दर्ता गरेको छ। अभियुक्तहरूमाथि भारतीय दण्ड संहिता बीएनएसको धारा 126 (2), 115 (2) र 3 (5) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
नुरपुर क्षेत्रको प्रसिद्ध नागनी माता मन्दिर परिसरमा चलिरहेको साप्ताहिक मेलामा उक्त घटना भएको हो। हाल पुलिसले भीडियोको प्रमाणिकता, घटनाको समय र स्थान साथै संलग्न व्यक्तिहरूको भूमिकाको राम्ररी अनुसन्धान गरिरहेको छ। अभियुक्तको अहिलेसम्म पहिचान हुन सकेको छैन।
नुरपुरकी एसपी इल्मा अफरोजले कानून आफ्नै हातमा लिने वा एक्लै न्याय गर्ने अधिकार कसैलाई नभएको बताइन्। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा दोषी ठहरिएकाहरू विरुद्ध कड़ा कानूनी कारबाही गरिनेछ।
मानिसहरूले सामाजिक सञ्जालमा अपुष्ट जानकारी साझा गर्न नहुनेः एसपी
पुलिसले सोशल मीडियामा घटनासँग सम्बन्धित कुनै पनि भ्रामक वा अपुष्ट जानकारी साझा नगर्न सर्वसाधारणलाई अपील गरेको छ। यदि कसैसँग घटनासँग सम्बन्धित कुनै ठोस प्रमाण वा जानकारी छ भने तिनीहरूले तुरुन्तै नजिकको पुलिस स्टेशनमा सम्पर्क गरेर सूचित गर्नुपर्छ। नुरपुर पुलिसले सम्पूर्ण विषयमा निष्पक्ष र पारदर्शी अनुसन्धान गर्ने आश्वासन दिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी