
पुरुलिया, 26 जुलाई (हि. स.)। जिल्लामा जमीनको दस्तावेज बनाइदिने नाममा एकजना व्यक्तिबाट रुपियाँ लिएको आरोपमा पाड़ा ब्लक भूमि एवं भूमि सुधार विभागका एकजना चालकलाई पुलिसले पक्राउ गरेको छ। आरोपीको पहिचान चण्डी मोदकको रूपमा भएको छ। उसलाई पाड़ा बजार क्षेत्रबाट पक्राउ गरिएको हो। आइतवार आरोपीलाई रघुनाथपुर महकुमा न्यायालमा पेश गरियो जहाँ अदालतले उसलाई चार दिनको पुलिस हिरासतमा पठाउने आदेस दिको छ।
पुलिस सूत्र अनुसार आरोपी पाड़ा क्षेत्रको निवासी हो जसलो एउटा पसल पनि छ जहाँ विभिन्न थरीका अनलाइन सेवाहरूसित सम्बन्धित कार्य गरिन्छ। साथै उ पाड़ा ब्लक भूमि एवं भूमि सुधार विभागमा अस्थायी वाहन चालकको रूपमा पनि कार्यरत थियो।
आरोप छ, गए शनिवार चण्डी मोदकले एकजना व्यक्तिबाट जमीनको दस्तावेज तयार गर्ने प्रलोभन देखाएर रुपियाँ लियो। पुलिस अनुसार यसअघि पनि आरोपीविरूद्ध विभिन्न किसिमको सिकायत आइसकेको छ, तर लिखित सिकायत दर्ता नभएको कारणले कुनै कानूनी कारबाही हुन सकेको थिएन।
गए शनिवार लिखित सिकायत पाएपछि पुलिसले मामिला दर्ता गरी जाँच शुरू गऱ्यो जसान्तर्गत आरोपीलाई पक्राउ गरियो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा