
गुवाहाटी, 26 जुलाई (हि.स.)। असममा बाढ़ी प्रभावित मानिसहरूलाई सहयोग गर्नका लागि उद्योग जगत पनि अगाड़ि आइरहेको छ। यसै क्रममा प्राग इण्डिया सीमेन्ट प्राइभेट लिमिटेडले मुख्यमन्त्री राहत कोषमा एघार लाख रुपियाँको योगदान दिएर राहत एवं पुनर्वास कार्यमा सहयोगको हात बढ़ाएको छ।
कम्पनीका प्रतिनिधिहरूले आइतवार मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमासित भेट गरी उनलाई एघार लाख रुपियाँको चेक हस्तान्तरण गरे। यो योगदान कामरूप च्याम्बर अफ कमर्सका सदस्यको रूपमा राज्यमा बाढ़ी प्रभावित मानिसहरूको राहत एवं पुनर्वास कार्यलाई मजबुत बनाउने उद्देश्यले दिइएको हो।
प्राग इण्डिया सीमेन्ट प्राइभेट लिमिटेडले पनि प्राकृतिक आपदाक यस कठिन घड़ीमा असमका मानिसहरूको साथमा रहने प्रतिबद्धतालाई दोहोऱ्यायो। कम्पनीले भन्यो, उसले भविष्यमा पनि राहत एवं पुनर्वास कार्यमा राज्य सरकारका प्रयासहरूलाई सहयोग गरिरहनेछ।
उल्लेखनीयछ,असमका केही जिल्लाहरू हाल बाढ़ीको चपेटमा परेका छन्। यस्तो स्थितिमा सरकारसँगसँगै विभिन्न सामाजिक, व्यावसायिक औ औद्योगिक संस्थाहरू पनि राहत कार्यको लागि आर्थिक एवं अन्य प्रकारको सहायता उपलब्ध गराइरहेका छन् ताकि प्रभावित मानिसहरूलाई शीघ्र राहत पुऱ्याउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा