
पूर्व बर्दवान, 26 जुलाई (हि. स.)। जिल्लाको पलितपुरस्थित एक इस्पात कारखानामा गए शनिवार राति फलाम गलाउने भट्टी (फर्नेस)- मा विस्फोट भएर दुई जना श्रमिकहरू गम्भीर रूपमा घाइते भए। दुवै घाइतेलाई हतार-हतार अस्पतालमा भर्ती गरियो। घटनाको सूचना पाएर बर्दवान थानाको पुलिसले घटनास्थलमा पुगेर जाँच गर्न शुरू गऱ्यो।
सूत्र अनुसार दुर्घटनापछि कारखानाका अन्य श्रमिकहरूले सुरक्षा व्यवस्थालाई लिएर गहिरो रोष व्यक्त गरे। उनीहरूले आरोप लगाए, पछिल्लो लामो समयदेखिकै भट्टीमा यान्त्रिकी खराबी, रखरखाउको अभाव तथा सुरक्षा सम्बन्धी समस्याहरूको बारेमा प्रबन्धनलाई जानकारी दिइएको भए पनि कुनै प्रभावकारी कदम उठाइएन।
श्रमिकहरूको भनाइ छ, उनीहरूलाई हेलमेट र सेफ्टी जत्ता मात्र दिइन्छ। भट्टीको तकनिकी सुरक्षा सुनिश्चित गर्नको लागि कुनै आवश्यक उपाय गरिएको छैन।
कारखानाका श्रमिक रामदेव पासवानले आरोप लगाए, भट्टीको नियमित जाँच हुँदैन। कैयौं पटक रखरखाउ टीमले पूर्ण जाँच नगरी त्यसलाई चलाउन शुरू गर्छ। उनले भने, भट्टीमा व्याप्त तकनिकी खराबीको जानकारी कैयौं पटक दिसकिएको छ, तर प्रबन्धनले त्यसलाई गम्भीर रूपमा लिएकै छैन। उनको भनाइ छ, उत्पादन बढ़ाउनको लागि श्रमिकहरूको ज्यानलाई खोजिममा होमिँदैछ।
श्रमिकहरूले दाबी गरे, यसअघि पनि यस किसिमको घटना भइसकेको छ जसमा धेरै जना श्रमिकहरूको ज्यान गइरहेको छ। उनीहरूले माग गरे, कारखानामा सुरक्षा व्यवस्थालाई अझ कड़ा बनाइयोस् तथा भट्टी शुरू गर्नअघि अनिवार्य रूपमा तकनिकी परीक्षण गरियोस्।
घटना बारे जानकारी पाउनसाथ भाजपा नेता एवं बर्दवान उत्तर विधानसभा क्षेत्रका पूर्व प्रत्याशी सञ्जय दास पनि घटनास्थलमा पुगे। उनले आरोप लगाए, पछिल्लो एक वर्षभित्रमा यस कारखानामा भएको यो तेस्रो घटना हो। इञ्जीनियर, तकनिशीयन तथा कारखाना प्रबन्धनको लापरवाहीको कारणले बारम्बार यस्तो दुर्घटना दोहोरिरहेको छ। उनले यो पनि आरोप लगाए, श्रमिकहरूलाई नियमित तथा उचित वेतन पनि दिइँदैन। उनले घटनाको निष्पक्ष जाँच गरी दोषीहरू विरूद्ध कड़ा कारबाही गर्ने माग गरे।
यो खबर लेखुञ्जेलसम्म यस घटनालाई लिएर कारखाना प्रबन्धनको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको थिएन। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा