टीम असम बाढ़ी पीड़ितहरूको सेवामा दिन-रात खटिरहेको छ, नयाँ बिहान अवश्य आउनेछ: मुख्यमन्त्री हिमन्त
टीम असम बाढ़ी पीड़ितहरूको सेवामा दिन-रात खटिरहेको छ, नयाँ बिहान अवश्य आउनेछ: मुख्यमन्त्री हिमन्त


गुवाहाटी, 26 जुलाई (हि.स.)। असमका मुख्यमन्त्रीडा. हिमन्त बिस्व सरमाले आइतवार भने,टीम असम-का प्रत्येक सदस्य बाढ़ी प्रभावित मानिसहरूको माझमा परिवार जस्तै राहत एवं बचाउ कार्यमा दिन-रात खटिरहेकोछ।

मुख्यमन्त्रीले सोशल मीडियामा भने,राज्यका अभिभावक मन्त्री औं स्थानीय विधायकहरूले प्रशासन तथा विभिन्न एजेन्सीहरूसित समन्वय राखेर बाढ़ीको स्थितिको सामना गर्नका लागि लगातार परिश्रम गरिरहेका छन्।

उनले भने, स्थानीय मानिसहरू, विभिन्न सामाजिक सङ्गठनहरू, स्वयंसेवी संस्थाहरू औ संवेदनशील नागरिकहरूको सहयोगले पनि राहत कार्यहरूलाई मजुबत बनाइरहेको छ।

डा. सरमाले विश्वास व्यक्त गरे,सबैको साामूहिक प्रयास अनि साहसबाट असम यस आपदाको सफलतापूर्वक सामना गर्नेछ। उनले भने,हामी सबै मिलेर यस कठिन समयलाई चिर्दै अगाड़ि बढ़्नेछौं। एउटा नयाँ बिहान अवश्य आउनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande