पत्रकार हमला प्रकरणमा मुख्यमन्त्रीको कड़ा सन्देश,गुण्डा दमन कानून अन्तर्गत कारबाही गरिने
पत्रकार हमला प्रकरणमा मुख्यमन्त्रीको कड़ा सन्देश,गुण्डा दमन कानून अन्तर्गत कारबाही गरिने


कोलकाता, 27 जुलाई (हि. स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले नीट प्रश्नपत्र लीक प्रकरणलाई लिएर कोलकातामा आयोजित ककरोच जनता पार्टीको जुलूसमा भएको हिंसा अनि पक्राउमाथि आइतवार प्रतिक्रिया व्यक्त गर्दै भने, पक्रा पर्ने मानिसहरू विद्यार्थी होइनन्, जमाती र मौलवादी हुन् जो भारतमा अशान्ति फैलाउन चाहन्छन्।

मुख्यमन्त्रीले भने, खारेज गरिएका मदरसाहरूको जाँच भइरहेको छ। ओबीसी प्रमाणपत्रहरूको जाँच भइरहेको छ जसले गर्दा यो असन्तुष्टि देखिएको हो। उनले भने, धर्मतलामा ककरोच जनता पार्टीको जुलूस हुँदा पत्रकारहरूमाथि हमला गरियो तथा समाज विरोधी तत्वहरूले अशान्ति फैलाउने प्रयास गरे।

उनले बताए, यस घटनामा हेयर स्ट्रीट थानामा 6 तथा एन्टाली थानाम 01 गरी 7 वटा मामिला दर्ता गरिएको छ। यी मामिलाहरूमा गुण्डा दमन कानून पनि जोड़िएको छ। यसै कानून अन्तर्गत अहिलेसम्ममा 14 जना मानिसहरूलाी पक्राउ गरिसकिएको छ। उनले भने, पक्रा पर्ने मानिसहरूमा केही आरोपीहरूले अन्य राज्यमा भाग्ने योजना बनाइरहेका थिए।

मुख्यमन्त्रीले भने, प्रश्नपत्र लीकको सन्दर्भमा ककरोच जनता पार्टीले गरेको जुलूससित यी आरोपीहरूको कुनै सम्बन्ध छैन। पत्रकारहरूद्वारा दर्ता गरिएको मामिलाको आधारमा पक्राउ भएको हो। विधानसभामा जे भनिएको थियो त्यही हुनेछ।

मुख्यमन्त्रीले दाबी गरे, भाजपा सरकार सत्तामा आएपछि खारेज गरिएका मदरसाहरूको जाँच शुरू गरिएको छ। ओबीसी प्रमाण पत्रको सम्बन्धमा उच्च न्यायालयको निर्णयलाई लागू गरिएको छ। पशु कानून पनि लागू गरिएको छ। उनले भने, यी कारणहरूबाट रूष्ट भएर केही दुष्कर्मीहरूले यस किसिमको घटनालाी परिणाम दिरहेका छन्।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, साउण्ड पोलिसीमा नियम लागू गरिएको छ। खारेज गरिएका मदरसाहरूको जाँच भइरहेको छ। अवैध रूपमा प्राप्त ओबीसी प्रमाणपत्रहरूलाई उच्च न्यायालयले रद्द गरिदिएको थियो, त्यसैलाई हामीले लागू गरेका छौं। त्यसैले यो असन्तुष्टि हो। यिनीहरू विद्यार्थी होइनन्, गुण्डा हुन्। यिनीहरूविरूद्ध गुम्डा दमन कानून अन्तर्गत कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande