
धेमाजी (असम), 03 जुलाई (हि.स.)। फूड पओइजनिङ्गको एक संदिग्ध मामिलाको कारणले अस्पतालको क्याजुअल्टी डिपार्टमेन्टमा इमरजेन्सी जस्तो स्थिति उत्पन्न भएपछि डिब्रुगढ़को असम मेडिकल कलेज एण्ड हस्पिटल (एएमसीएच)-मा लगभग 60 जना मानिसहरू जसमा पुरूष-महिला एवं बाल-बालिकाहरू सामेल छन्,-लाई भर्ती गराइएको छ।
प्राप्त जानकारी मुताविक प्रभावित मानिसहरू धेमाजी जिल्लान्तर्गत जोनाई क्षेत्रको गली मृगाङ्ग गाउँमा अवस्थित प्रेमधर सुङ्गकोरङगको घरमा गत 30 जूनमा आयोजित जन्मदिनको नाम-कीर्तन भोजमा सामेल भएका थिए।
भोजमा सामेल भएको दुई दिनपछि गए 2 जुलाईको दिन सबै मानिसहरूलाई वान्ता, पखाला हनको साथै गम्भीर रोगको लक्षण देखियो। उनीहरूको अवस्था बिग्रिन थालेपछि उनीहरूलाई उपचारको निम्ति पहिला एम्बुलेन्स अनि पछि बस र ट्राभलर मार्फत एएमसीएचमा लगियो।
यति धेरै सङ्ख्यामा अचानक रोगीहरू आएका कारणले अस्पतालको इमरजेन्सी विभागमा अभूतपूर्व स्थिति उत्पन्न भयो। रोगीहरूको व्यापक भीड़लाई सम्हालनका लागि डाक्टर तथा स्वास्थ्य कर्मीहरूले तुरून्त युद्धस्तरमा उपचार गर्न शुरू गरे।
सन्देहस्पद फूड पोइजनिङ्गको कारण अन्तिम सूचना पाउँदासम्ममा पत्तो लाग्न सकेको थिएन। अग्रिम जाँच भइरहेको छ। हाल सबै रोगीहरूको उपचार भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा