
पश्चिम मेदिनीपुर, 03 जुलाई (हि. स.)। जिल्लाको दासपुर क्षेत्र अन्तर्गत पाँचबेड़िया ग्राम पञ्चायत कार्यालयमा शुक्रवार अन्नपूर्णा भण्डार योजनाको राशि खातामा जमा नभएको कारमले असन्तुष्ट महिलाहरूले व्यापक विरोध प्रदर्शन गरे। प्रदर्शन अवधि पञ्चायत कार्यालयलाई घेराउ गरी महिलाहरूले बबाल मचाए।
जानकारी अनुसार सिकायतकर्ता महिलाहरूको आरोप छ, योजना अन्तर्गत पाइने राशिको लागि दुई महिनाभन्दा अधिक समयअघि नै सबै आवश्यक प्रक्रिया तथा दस्तावेज जमा गरिएको थियो। तथापि अहिलेसम्म उनीहरूको ब्याङ्क अकान्टमा अन्नपूर्ण भण्डार योजनाको राशि आएको छैन। अबेर भएको कारणले रूष्ट महिलाहरूको आक्रोशको मूल शुक्रवार फुट्यो।
आक्रोशित महिलाहरू ठूलो सङ्ख्यामा पाँचबेड़िया ग्राम पञ्चायत कार्यालयमा पुगे अनि कार्यालयलाई घेराउ गरेर व्यापक प्रदर्शन गर्न शुरू गरे। यस अवधि लामो समयसम्म खैलाबैला भइरह्यो। सूचना पाएर घटनास्थलमा पुगेको दासपुर थानाको पुलिसले महिलाहरूसित बातचित गरी मामिलालाई शान्त बनाए। घटनापछि क्षेत्रको माहोल केही समयसम्म तनाउपूर्ण भयो।
आधिकारीहरूको भनाइ छ, योजनाको राशि वितरणमा भइरहेको विलम्बको कारणले लाभार्थीहरूमा लगातार असन्तोष बढ़्दै गइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा