असम विधानसभा सभागारमा दुई दिवसीय युव भारतीय संसद-2026 गुवाहाटी संस्करणको शुभारम्भ
असम विधानसभा सभागारमा दुई दिवसीय युव भारतीय संसद-2026 गुवाहाटी संस्करणको शुभारम्भ


गुवाहाटी, 03 जुलाई (हि.स.)। असम विधानसभाको केन्द्रिय सभागारमा शुक्रवारदेखि दुई दिवसीय 'युव भारतीय संसद- 2026' (यङ्ग इण्डियन्स पार्लियामेन्ट- 2026)- को असम संस्करणको शुभारम्भ भयो। कार्यक्रमको उद्घाटन राज्यका शिक्षा मन्त्री डा. रणोज पेगुले गरे। यस पहलको उद्देश्य युवाहरूलाई संसदीय लोकतन्त्र, नेतृत्व, शासन व्यवस्था, सार्वजनिक नीति एवं कानून निर्माणको प्रक्रियासित परिचित गराउनु तथा उनीहरूमा लोकतान्त्रिक मूल्य एवं जिम्मेवार नागरिकको भावना विकसित गर्नु हो।

यो कार्यक्रम असम राज्य शैक्षणिक परिषद, असम राज्य विद्यालय शिक्षा बोर्ड (एएसएसईबी) औ भारतीय उद्योग सङ्घ (सीआईआई)- को संयुक्त सहयोगमा आयोजना गरिएको हो। उद्घाटन समारोहमा शिक्षा मन्त्री डा. पेगुले राज्यका विभिन्न भागहरूबाट आएका मेधावी विद्यार्थीहरूसित सम्वाद गरे अनि उनीहरूलाई लोकतानन्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी बन्नका लागि प्रेरित गरे।

उनले भने, भारतका विद्यार्थी एवं युवाहरूमाझ संसदीय लोकतन्त्र, नेतृत्व क्षमता, तर्कपूर्ण सोच औ सामाजिक जिम्मेवारीको मानसिकता विकसित गर्ने मामिलामा 'यूथ संसद' एक अनौठो पहल हो। पछिल्लो दुी वर्षभित्रमा यस मञ्चले युवा पिँढ़ीलाई संसदीय प्रक्रिया, नीति-निर्धारण, कानून बनाउने औ सार्वभौमिक मुद्दाहरूमा तर्कसङ्गत चर्चा गर्ने बहुमूल्य अवसर दिनको साथै भविष्यमा स्वस्थ लोकतान्त्रिक माहोल बनाउनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

दुई दिवसीय यस आयोजनमा असमका 33 वटा जिल्लाहरूका 71 वटा स्कूलहरूबाट चयनित 170 प्रतिभाशाली विद्यार्थीहरूले भाग लिरहेका छन्। यी विद्यार्थीहरूको चयन जिल्ला स्तरमा एक हजारभन्दा अधिक प्रतिभागीहरूबाट गरिएको हो। कार्यक्रमको अन्तमा सर्वश्रेष्ठ प्रदर्शन गर्ने 25 जना विद्यार्थीहरूलाई राष्ट्रिय स्तरको 'युव भारतीय संसद'- मा भाग लिने अवसर प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande