असमको बाढ़ीग्रस्त क्षेत्रहरूमा स्वास्थ्य सेवाको लागि नौका एम्बुलेन्स सेवा शुरू
असमको बाढ़ीग्रस्त क्षेत्रहरूमा स्वास्थ्य सेवाको लागि नौका एम्बुलेन्स सेवा शुरू


गुवाहाटी, 03 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार बताए, राज्यमा वर्तमान बाढ़ीको स्थितिलाई मध्यनजर गर्दै कोकराझार जिल्लाको नदी तटीय एवं दुर्ग क्षेत्रहरूमा आपातकालीन चिकित्सा सेवाहरूलाई सहज बनाउने उद्देश्यले नौका एम्बुलेन्स सेवा शुरू गरिएको छ।

मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट आक्त आशयको जानकारी साझा गर्दै भने, एनटीपीसी बङ्गाईगाउँको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) पहल अन्तर्गत केही नौका एम्बुलेन्सलाई सेवामा खटाइएको छ। यस पहलको उद्देश्य बाढ़ीको स्थितिमा सुदूरवर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूसम्म समयमा चिकित्सा सहायता पुऱ्याउनु हो।

उनले भने, यस सेवाबाट विशेष रूपमा गर्भवती महिला, बाल-बालिका, वरिष्ठ नागरिकहरू तथा गम्भीर रूपमा बीमार रोगीहरू लाभान्वित हुनेछन्। बाढ़ीको कारणले चिकित्सा सुविधासम्म पुग्नको लागि आइलाग्ने कठिनाईहरूलाई कम गर्ने दिशामा यो एउटा महत्वपूर्ण कदम हो।

मुख्यमन्त्रीले भने, सरकारको प्रयास हो कि प्राकृतिक आपदाको अवस्थामा पनि स्वास्थ्य सेवाहरू बाधित नहोस् तथा आवश्यकतामा रहेका मानिसहरूलाई समयमै उपचार उपलब्ध गराउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande