नामेरी टाइगर रिजर्भमा बाघहरूको सङ्ख्या चार गुणा बढ़्यो, अवैध काठ व्यापारमाथि पनि कारबाही बढ्योः वनमन्त्री
नामेरी टाइगर रिजर्भमा बाघहरूको सङ्ख्या चार गुणा बढ़्यो, अवैध काठ व्यापारमाथि पनि कारबाही बढ्योः वनमन्त्री


गुवाहाटी, 03 जुलाई (हि.स.)। असमका वन एवं पर्यावरण मन्त्री जयन्त मल्लबरुवाले शुक्रवार भने, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको मार्गदर्शनमा राज्यमा भइरहेको वन संरक्षणका प्रयासहरूले उल्लेखनीय सफलता हासिल गरेको छ। उनले बताए, नामेरी टाइगर रिजर्भमा वर्ष 2022-मा तीन वटा मात्र बाघ थियो भने वर्ष 2025-को अन्तसम्ममा बाघहरूको सङ्ख्या बढेर 12 पुगेको छ।

मन्त्रीले सोशल मीडियामा भने, यस उपलब्धिको पुष्टि भारतीय वन्यजीव संस्थानले पनि गरेको छ। उनले बताए, नामेरी टाइगर रिजर्भको स्याटेलाइट कोर क्षेत्र सोनाई-रूपाई वन्यजीव अभयारण्यमा केही दशकपछि दुई वटा बाघहरू फर्केर आएका छन् जुन असमको वन्यजीव संरक्षणको क्षेत्रमा फेरि अर्को ऐतिहासिक उपलब्धि हो।

जयन्त मल्लबरुवाले भने, राज्य सरकारले अवैध काठ व्यापारविरूद्ध पनि कड़ा कारबाही गरिरहेको छ। यसै क्रममा शुक्रवार राज्यभरि सञ्चालित अभियानमा अवैध काठ तस्करीसित जोड़िएको 34 वटा नेटवर्क यूनिटहरूमाथि कारबाही गरियो।

उनले भने, असमका वनहरूको सुरक्षा औ संरक्षणलाई मजबुत बनाउनको लागि अवैध काठ व्यापारविरूद्ध राज्यव्यापी अभियान पूर्ण शक्तिको साथमा जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande