भाजपा नेता तजिन्दर बग्गाले ई-रिक्शाको ब्याट्रीलाई बन्द गरिरहेको ‘ब्याट-बीएमएस एप’ लाई तत्काल बन्द गर्ने माग गरे
भाजपा नेता तजिन्दर बग्गाले ई-रिक्शाको ब्याट्रीलाई बन्द गरिरहेको ‘ब्याट-बीएमएस एप’ लाई तत्काल बन्द गर्ने माग गरे


नयाँ दिल्ली, 03 जुलाई (हि.स.)। भारतीय जनता युवा मोर्चा (भाजयुमो)- का राष्ट्रिय सचिव तजिन्दर बग्गाले ई-रिक्शा एवं इलेक्ट्रिक वाहनहरूलाई टाड़ाबाट बन्द गर्नको लागि प्रयोग गरिरहेको मोबाइल एप्लिकेशन ब्याट- बीेमएस एपलाई तत्काल बन्द गर्ने माग गरेका छन्। यस सन्दर्भमा उनले शुक्रवार केन्द्रिय इलेक्ट्रोनिकी तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विणी वैष्णवलाई पत्र लेखेका छन्।

भाजपा नेता तजिन्दर बग्गाले पत्रमा भने, ब्याट- बीएमएस एप नामक मोबाइल एप्लिकेशनको दुरूपगोय गरी केही मानिसहरूले ब्लूटूथको माध्यमबाट ई-रिक्शा तथा अन्य इलेक्ट्रिक वाहनहरूको ब्याट्र्रीलाई टाड़ाबाट बन्द गरिरहेका छन्। यस सम्बन्धमा सोशल मीडियामा धेरै वटा भीडियोहरू भाइरल भइरहेका छन्। यस प्रकारको कृत्यले गर्दा ई-रिक्शा चालक बाटो बीचमा फस्छन्, उनीहरूको काम प्रभावित हुन्छ तथा आर्थिक नोक्सान झेल्नुपर्छ। दिनभरिको कमाईले परिवार धान्ने मानिसहरूको लागि यो अत्यन्त गम्भीर समस्या हो।

तजिन्दर बग्गाले भने, सोशल मीडियामा वाइरल भइरहेको भीडियो अत्यन्त हृदयविदारक छ। यसमा ई-रिक्शा चालक सड़कको माझमा फसेका छन्, मद्दतको लागि भौंतारिरहेका छन् भने केही मामिलाहरूमा रूँदै गरेको पनि देखिएको छ। आफ्नो दैनिक आयमाथि निर्भर यी परिश्रमी मानिसहरूसित यस किसिमको व्यवहार अमानवीय मात्र नभएर उनीहरूको सम्मान अनि आजीविकामाथि पनि सोझै आघात हो। जसलाई केही मानिसहरूले प्र्याङ्कको नाममा प्रचारित गरिरहेका छन्, त्यो वास्तवमा गरीब परिवारहरूको रोजगारमाथि खेलवाड़ हो। उनले भने, गुड़िरहेको वाहनलाई अचानक बन्द गरिदिनु अत्यन्त खतरनाक हो, यसबाट सड़क दुर्घटना पनि हुनसक्छ। यो वास्तवमा सार्वजनिक सुरक्षाको लागि ठूलो खतरा हो।

तजिन्दर बग्गाले ब्याट-बीएमएस एपलाई तत्काल बन्द गर्ने अनि गूगल प्ले स्टोर, एप्पल एप स्टोर तथा अन्य प्लेटफर्मबाट हटाउनको लागि आवश्यक कारबाही गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande