‘स्वच्छ हावा, स्वस्थ दिल्ली’ परियोजना सेप्टेम्बरदेखि, विश्व ब्याङ्कले 65 प्रतिशत वित्तीय सहायता उपलब्ध गराउने
‘स्वच्छ हावा, स्वस्थ दिल्ली’ परियोजना सेप्टेम्बरदेखि, विश्व ब्याङ्कले 65 प्रतिशत वित्तीय सहायता उपलब्ध गराउने


नयाँ दिल्ली, 03 जुलाई (हि.स.)। दिल्ली सरकारले विश्व ब्याङ्कको सहयोगमा ‘स्वच्छ हावा, स्वस्थ दिल्ली’ परियोजना आगामी सेप्टेम्बर महिनादेखि शुरू गरिरहेको छ। यो पर्यावरण विभागको सात वर्षीय परियोजना हो जसलाई विश्व ब्याङ्क सहित बहुपक्षीय संस्थानहरूको सहयोगमा लागू गरिनेछ। यसको मोठ अनुमानित लागत 8,300 करोड़ रुपियाँ रहेको छ।

मुख्यमन्त्रीले शुक्रवार विज्ञप्ति जारी गरी भनिन्, परियोजनाका तयारीहरूलाई अन्तिम रूप दिन तथा सबै हितधारकहरूमाझ समन्वय स्थापना गर्नको लागि आगामी 10 जुलाईका दिन एक विशेष कार्यशाला आयोजना गरिनेछ। यस कार्यशालामा विभिन्न विभाग एवं एजेन्सीहरूको भूमिका तोकिनेछ साथै कार्यक्रमको प्रभावकारी एवं समयबद्ध क्रियान्वयनको रूपरेखामाथि चर्चा हुनेछ। उनले बताइन्, यो परियोजना सेप्टेम्बर 2026-देखि अगस्त 2033 सम्म दिल्लीका सबै जिल्लाहरूमा लागू गरिनेछ। यसको मोठ अनुमानित लागत 8,300 करोड़ रुपियाँ छ जसमा 65 प्रतिशत वित्तीय सहायता विश्व ब्याङ्कले उपलब्ध गराउनेछ भने 35 प्रतिशत राशि दिल्ली सरकारले वहन गर्नेछ।

मुख्यमन्त्रीले भनिन्, यस परियोजना अन्तर्गत परिवहन, सड़कको धूलो, निर्माण एवं ध्वस्तीकरण (सीएंडडी) अपशिष्ट, ठोस मैला प्रबन्धन, उद्योग, हरित क्षेत्र औ जल प्रदूषण जस्ता प्रमुख क्षेत्रहरूमा व्यापक स्तरमा कान गरिनेछ। यस महत्वाकङ्क्षी परियोजनालाई दुई प्रमुख स्तम्भवहरूमा आधारित गरिएको छ।

पहिलो स्तम्भ दिल्लीमा वायु गुणस्तर प्रबन्धनलाई बनाउनेमाथि केन्द्रित छ भने दोस्रो प्रदूषणका प्रमुख श्रोतहरूबाट हुने उत्सर्जनलाई घटाउनेमाथि केन्द्रित छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande