
जलपाईगुड़ी, 03 जुलाई (हि.स.)। चालसादेखि चेङ्गराबान्धासम्मको सड़कलाई अब फोर लेनमा विस्तारित गर्ने तयारी शुरू गरिएको छ। यसै उद्देश्य अन्तर्गत नेशनल हाइवे इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल)-ले नयाँ शिराबाट विस्तृत प्रोजेक्ट रिपोर्ट (डीपीआर) बनाउने पहल गरेको छ। हालैमा राष्ट्रिय राजमार्ग एवं एशियन हाइवे प्राधिकरणबाट यस सड़कको जिम्मेवारी हस्तान्तरण भएपछि सम्पूर्ण रूटमा सर्वे गर्ने तयारी शुरू गरिएको छ।
सूत्र अनुसार सड़कलाई मयनागुड़ी शहरभित्रबाट लैजानको सट्टा अब दुर्गाबड़ी हुँदै सोझै चेङ्गराबान्धासम्म विस्तार गरिनेछ। यसो गरिए एकातिर मयनागुड़ीको पुरानो बजारका व्यवसायीहरूले हारत पाउनेछन् भने अर्कोतिर सम्भावित भूमि अधिग्रहणको आशङ्काले दुर्गाबाड़ीदेखि चेङ्गराबान्धा मार्गको किनारमा बसोबास गर्ने मानिसहरू तथा व्यापारीहरूको चिन्ता बढ़िरहेको छ।
एनएचआईडीसीएलका जनरल म्यानेजर राहुल गुप्ताले बताए, “पहिला राष्ट्रिय राजमार्ग प्राधिकरणले यस सड़कलाई चौड़ादार बनाउनको लागि कस्तो प्रस्ताव राखेको थियो, त्यसलाई हेरिँदैछ। सम्पूर्ण मामिलाको नयाँ शिराबाट सर्वे गरिनेछ अनि यसको लागि डीपीआर बनाउने प्रक्रिया शुरू गरिएको छ।”
उल्लेखनीय छ, उदलाबाड़ीदेखि चालसा गोलाई हुँदै मयनागुड़ी बीडीओ अफिस मोड़सम्म 717 नम्बर राष्ट्रिय राजमार्ग फैलिएको छ भने अर्कोतिर मयनागुड़ीको इन्दिरा मोड़देखि चेङ्गराबान्धासम्म लगभग 16 किलोमीटरको भाग एशियन हाइवे अन्तर्गत थियो। राज्यमा सत्ता परिवर्तन भएपछि यी दुवै सड़कलाई एनएचआईडीसीएललाई सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा