राशनमा गड़बड़ी गरेको आरोपमा ग्राहकहरूको प्रदर्शन, पसलमा ताला ठोकिदिए
राशनमा गड़बड़ी गरेको आरोपमा ग्राहकहरूको प्रदर्शन, पसलमा ताला ठोकिदिए


कुचबिहार, 03 जुलाई (हि.स.)। राशन सामग्री कम तौलिएको आरोपमा शुक्रवार अपरान्ह फालाकाटाको बंशीधरपुर गाउँको स्थिति तनाउपूर्ण भयो। फालाकाटाको दुई नम्बर ग्राम पञ्चायतको एउटा राशन पसलविरूद्ध पछिल्लो लामो समयदेखिकै सिकायत प्राप्त भइरहेको थियो जुन आज स्पष्ट रूपमा देखिएपछि स्थानीय मानिसहरू आक्रोशित भए।

जानकारी अनुसार राशन लिन पुगेका ग्राहकहरूले राशन पसलमा चामल र गहुँको वजनमा ठूलो धाँधली गरिएको पाए। एकजना ग्राहकले 21 किलो गहुँ लिेपछि बाहिर तौलेर हेरे मात्र 18 किलो थियो भने 14 किलो माचल मात्र 12 किलो थियो। यसरी प्राय जबै ग्राहकहरूले कम तौलिएको कुरा बताए।

त्यसपछि असन्तुष्ट ग्राहकहरूले बाहिरबाट वजन गर्ने मशिन ल्याएर दोकानको मशिनसित मिलान गरे जसमा ठूलो अन्तर पाइयो। घटनाबाट आक्रोशित मानिसहरूले पसल अगाड़ि विरोध प्रदर्शन गर्न शुरू गरे अनि पसलमा ताला लगाइदिए।

सूचना पाएर फालाकाटा थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसको उपस्थितिमा पनि वजनमा अन्तर स्पष्ट देखियो। यस मामिलामा दोकानका दुई जना कर्मचारीहरू क्रमैले अभिजीत सरकार र निताई विश्वासलाई पुलिसले हिरासतमा लिएर थानामा लग्यो।

कर्मचारी निताई विश्वासको भनाइ छ, मशिनमा तकनिकी खराबी हुनसक्छ। पहिला यस्तो सिकायत कहिल्यै आएको छैन। राशन डीलर सुबल मण्डल र आभा मण्डलले यस मुद्दामा कुनै स्पष्टिकरण दिएका छैनन्।

फालाकाटा ब्लक खाद्य एवं आपूर्ति विभागद्वारा बताइएको छ, अहिलेसम्म कुनै लिखित सिकायत प्राप्त भएको छैन। सिकायत पाए जाँच शुरू गरिनेछ। स्थानीय मानिसहरूले दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande