वृद्ध व्यक्तिको शव उद्धार
वृद्ध व्यक्तिको शव उद्धार


कामरूप (असम), 03 जुलाई (हि.स.)। कामरूप (ग्रामीण) जिल्लान्तर्गत पलाशबारी क्षेत्रमा आज बिहान एकजना वृद्ध व्यक्तिको शव भेटियो। यस घटनाको कारणले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। पुलिसले बतायो, शुक्रवार पलाशबारीको गुईमारा क्षेत्रमा अवस्थित एउटा घरको पछाड़ि एकजना वृद्ध व्यक्तिको शव देखियो।

स्शानीय मानिसहरूको जानकारीको आधारमा घटनास्थलमा पुगेको पुलिसको टीमले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। मृतकको पहिचान जुटू भागवती (73)- को रूपमा गरिएको छ जो पछिल्लो मङ्गलवारदेखि बेपत्ता भएका थिए। पुलिसले यस सम्बन्धमा पहिलाबाटै दर्ता प्राथमिकीको आधारमा जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande