
हुगली, 03 जुलाई (हि.स.)। तृणमूल कङ्ग्रेसकी पूर्व सांसद अपुरूपा पोद्दार शुक्रवार श्रीरामपुर थानाको पुलिस समक्ष पेश भइन्। उनका पतिलाई पक्राउ गर्दा पुलिससित कथित दुर्व्यवहार गरेको मामिलामा पुलिसले उनलाई लगातार तेस्रो दिनसम्म बोलाएको थियो।
बताइए अनुसार यसअघि बुधवार र बिहीवार पनि पुलिसले उनलाई जाँचबुझको लागि बोलाएको थियो, तर उनी थानामा उपस्थित भइनन्। शुक्रवार अपरान्ह लगभग 12 बजे उनी श्रीरामपुर थानामा पुगिन्। यस अवधि उनले अधिवक्ताको परिधानमा थिइन्।
स्मरण ग राइन्छ, केही दिनअघि उनका पतिलाई पक्राउ गर्दा पुलिससित कथित रूपमा दुर्व्यवहार तथा सरकारी कार्यमा बाधा पुऱ्याएको आरोप लगाउँदै श्रीरामपुर थानाको पुलिसले उनलाई जाँचबुझको लागि नोटिस पठाएको थियो। शुक्रवार उनी उपस्थित भएपछि पुलिसले मामिलामा आवश्यक कानूनी प्रक्रियालाई अगाड़ि बढ़ाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा