
नयाँ दिल्ली, 03 जुलाई (हि.स.)। गुरु गोबिन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय (आईपीयू) -को एमबीए एवं एमसीए प्रोग्राममा प्रवेशको लागि भइरहेको पहिलो अनलाइन काउन्सिलिङमा आगामी 9 जुलाईसम्म सहभागी बन्न सकिनेछ।
आईपीयू कार्यालयले शुक्रवार विज्ञप्ति जारी गरी जानकारी दिए अनुसार आगामी 9 जुलाईसम्म काउन्सलिङ्ग प्रक्रियामा भाग लिन बाहेक भरेको फारममा संशोधन, दस्तावेज अपलोड एवं विकल्प चयन पनि गर्न सकिनेछ।
एमबीएको लागि क्याट 2025, सीम्याट 2026 एवं सीईटीका सफल उम्मेदवार जसले यस काउन्सिलिङ्गको लागि पूर्वमा पञ्जीकरण गरेका छन्,-काउन्सिलिङ्ग प्रक्रियामा भाग लिन सक्नेछन्।
त्यसरी नै एमसीएको लागि निमसेट 2026 एवं सीईटी 2026 का सफ़ल उम्मेदवार जसले यस काउन्सिलिङ्गको लागि पञ्जीकरण गरेका छन्, काउन्सिलिङ्गमा भाग लिन सक्नेछन्। यस काउन्सिलिङ्गमा भाग लिन चाहने सवै आवेदकहरूले यस सम्बन्धमा अधिक जानकारीका लागि विश्वविद्यालयका दुवै वेबसाइटमा जानकारी प्राप्त गर्न सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा