
कुचबिहार, 03 जुलाई (हि. स.)। भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो चुनावी वाचालाई पूरा गर्दै जिल्लामा ‘माँ आहार’ क्यान्टिनको शुरुआत गरेको छ। शुक्रवारदेखि यस क्यान्टिनमा मात्र 5 रुपियाँमा सर्वसाधारण मानिसहरूलाई माछा-भात पस्किइँदैछ।
पहिला एमजेएन मेडिकल कलेज एवं अस्पताल परिसरमा कुचबिहार नगरपालिकाको निगरानीमा ‘माँ क्यान्टिन’-बाट 5 रुपियाँमा अण्डा-भात पाइन्थ्यो जसलाई अब नयाँ नाम ‘माँ आहार’ बनाइएको छ।
उद्घाटनको दिन क्यान्टिनको मेन्यूमा भात र माछाको झोल सामेल थियो जसको लाभ लगभग तीन सय मानिसहरूले उठाए। मात्र 5 रुपियाँमा माछा-भात खान पाउँदा रोगी तथा तिनीहरूको परिवारमा खुशी देखियो।
प्रशासन अनुसार यो सेवा अब नियमित रूपमा उपलब्ध रहनेछ। अण्डा-भातको साथमा अब सप्ताहमा दुई दिन माछा पनि मेन्यूमासामेल गरिनेछ। यो क्यान्टिन प्रत्येक दिन अपरान्ह एक बेजेदेखि तीन बजेसम्म आम मानिसहरूको लागि खुल्ला रहनेछ जहाँ सस्तो मूल्यमा भोजन उपलब्ध गराइनेछ। सरकारको यस जनकल्याणकारी पहलबाट शहरका मानिसहरूा सन्तोष अनि उत्साह देखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा