
हुगली, 03 जुलाई (हि.स.)। पश्चिम बङ्गाल सरकारका राज्य मन्त्री एवं श्रीरामपुरका विधायक भास्कर भट्टाचार्यले गए बिहीवार राति रिषड़ा तथा श्रीरामपुर नगरपालिका क्षेत्रमा अन्नपूर्ण योजनाका लाभार्थीहरूलाई भुक्तान नपाएको मुद्दामा गम्भीर प्रश्न उठाए। उनले भने, ठूलो सङ्ख्यामा महिलाहरूलाई योजनाको लाभ प्राप्त भएको छैन जसको लागि सम्बन्धित नगरपालिका प्रशासनले जवाफदेही तय गर्नुपर्छ।
मन्त्री अनुसार, उनलाई जानकारी प्राप्त भएको छ कि रिषड़ा तथा श्रीरामपुर नगरपालिका क्षेत्रका धेरै जना महिलाहरूको ब्याङ्क खातामा अन्नपूर्ण भण्डार योजनाको राशि पुगेको छन। उनले आरोप लगाए, आवेदन प्रक्रियामा नगरपालिकाले लापरवाही गऱ्यो अनि लाभार्थीहरूको आवेदनको कुनै रसिद (रिसिप्ट) पनि दिइएन। त्यसैले ती आवेदन पत्रहरूको के भयो, त्यसको पूर्ण जिम्मेवारी नगरपालिका र चेयरम्यानले लिनुपर्छ।
भास्कर भट्टाचार्यले भने, यदि नगरपालिकाले यो समस्याको सामाधान गर्न सक्दैन भने हामी लाभार्थी महिलाहरूलाई उनीहरूको अधिकार दिलाउनको लागि हरसम्भव उपाय गर्नेछौं। यो सरकारको महत्वपूर्ण जनकल्याणकारी योजना हो, त्यसैले यसको जिम्मेवारी सम्बन्धित नगरपालिका प्रशासनले उठाउनुपर्छ अनि लापरवाहीको परिणाम पनि उसैले भोग्नुपर्छ।
उनले भने, पहिला मानिसहरूले आफ्नो समस्या खुलेर बताउँदैन थिए, तर अब आम नागरिकहरूले निडर भएर आफ्नो कुरा राखिरहेका छन्। उनले स्पष्ट पारे, यदि कुनै ठाउँमा कानून व्यवस्थाको स्थितिमा हेरफेर भए राज्य सरकारले यसलाई कुनै पनि स्थितिमा सहन गर्नेछैन साथै दोषीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।
रिषड़ा नगरपालिकाका चेयरम्यानविरूद्ध दर्ता सिकायतको उल्लेख गर्दै मन्त्रीले भने, अब मामिलाको जाँच पुलिसले गरिरहेको छ। उनले भने, यदि पुलिसले कानून अनुसार उचित कारबाही गरेन भने हामी अग्रिम रणनीतिमाथि विचार गर्नेछौं। जुनै पनि कदम पूर्ण रूपले कानूनी प्रक्रिया अन्तर्गत उठाइनेछ।
मन्त्रीको यस बयान पश्चात रिषड़ा अनि श्रीरामपुर नगरपालिका क्षेत्रमा अन्नपूर्ण भण्डार योजनाको क्रियान्वयन अनि नगरपालिका प्रशासनको भूमिकालाई लिएर राजनीतिक चर्चा चुलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा