श्री अमरनाथ जी यात्रा- 2026ः पञ्जीकरण नगरी आउने श्रद्धालुहरूको प्रवेश निषेध, प्रशासनले जारी गऱ्यो कड़ा दिशानिर्देश
श्री अमरनाथ जी यात्रा- 2026ः पञ्जीकरण नगरी आउने श्रद्धालुहरूको प्रवेश निषेध, प्रशासनले जारी गऱ्यो कड़ा दिशानिर्देश


कठुआ, 03 जुलाई (हि.स.)। जिल्ला प्रशासन कठुआले श्री अमरनाथ जी यात्रा- 2026 को सफल एवं सुरक्षित सञ्चालनलाई सुनिश्चित गर्नको लागि श्रद्धालुहरूलाई महत्वपूर्ण दिशानिर्देश जारी गरेको छ। प्रशासनले स्पष्ट पारेको छ, यात्रामा सामेल हुने श्रद्धालुहरूका लागि पूर्व पञ्जीकरण अनिवार्य छ तथा पञ्जीकरण बिना यात्रा गर्ने अनुमति दिइनेछैन।

जारी सूचना अनुसार माननीय सर्वोच्च न्यायालयको निर्देश अन्तर्गत प्रतिदिन यात्रा गर्ने श्रद्धालुहरूको अधिकतम सङ्ख्या निर्धारित गरिएको छ ताकि यात्रा मार्गमा सुरक्षा एवं व्यवस्था सुचारू रूपमा सञ्चालित गर्न सकियोस्। यसै क्रममा देशभरिका ब्याङ्क शाखा एवं अनलाइन माध्यमबाट पनि अग्रिम पञ्जीकरणको सुविदा पहिलाबाटै उपलब्ध गराइएको थियो जसको अधिकांश श्रद्धालुहरूले लाभ उठाएका छन्। प्रशासनले बतायो, तत्काल पञ्जीकरणको स्लट अत्यन्त सीमित छ, त्यसैले श्रद्धालुहरूसित अपील गरिन्छ कि उनीहरू पञ्जीकरण बिना जम्मू-कश्मीरमा नआउन्। पञ्जीकरण नगरी आउने ठूलो सङ्ख्याका श्रद्धालुहरूलाई समायोजित गर्नु सम्भव हुनेछैन।

यस अतिरिक्त यो पनि देखिएको छ, केही पञ्जीकृत श्रद्धालुहरू आफ्नो निर्धारित तिथिभन्दा अगावै आइरहेका छन् जबकि नियमानुसार उनीहरूलाई पञ्जीकरण तिथि अनुसार नै यात्रा गर्ने अनुमति दिइनेछ। त्यसैले श्रद्धालुहरू आफ्नो निर्धारित तिथि अनुसारै यात्रा गरून्। प्रशासनले पञ्जीकरण नगरी आउने यात्रीहरूसित पनि धैर्य राख्ने अनि आफ्नो पालो पर्खिने अपील गरेको छ। प्रशासनले आश्वस्त पारेको छ, सबै श्रद्धालुहरूले यात्रा गर्ने अवसर पाउनेछन्, तर निर्धारित प्रक्रिया तथा उपलब्ध व्यवस्था अनुसार नै सम्भव हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande