जङ्गली हात्तीको हमलामा व्यक्तिको मृत्यु
जङ्गली हात्तीको हमलामा व्यक्तिको मृत्यु


नगाउँ (असम), 03 जुलाई (हि.स.) । नगाउँ जिल्लाको कलियाबोर क्षेत्रमा जङ्गली हात्तीद्वारा गरिएको हमलामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो।

पुलिसले शुक्रवार बतायो, गए राती भोजनको खोजीमा कामाख्या गाउँ चिया बगान क्षेत्रमा पसेको एउटा जङ्गली हात्तीको हमलामा परी एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान विष्णु गड़को रूपमा गरिएको छ। घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले मृत व्यक्तिको शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।

पुलिसले घटनाको सम्बन्धमा एक प्राथमिकी दर्ता गरी जाँच गरिरहेको छ। घटनालाई लिएर स्थानीय मानिसहरूले वन विभागप्रति आक्रोश व्यक्त गरेका छन्। स्थानीयहरूको आरोप छ, वन विभागलाई बारम्बार जङ्गली हात्तीको बारेमा खबर दिइए पनि हात्तीलाई लखेट्नको लागि समयमा आइपुगेन। फलस्वरूप यस्तो घटना भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande