
गुवाहाटी, 03 जुलाई (हि.स.)। असमको राजधानीस्थित खेत्री पुलिस थाना अधिनस्थ तेतेलिया भरागाउँ क्षेत्रमा भएको सड़क दुर्घटनामा एकजना मानिसको घटनास्थलमै मृत्यु भयो भने अन्य दुई जना मानिसहरू गम्भीर रूपमा घाइते भए।
पुलिसले शुक्रवार बतायो, आज डिमोरियाको राष्ट्रिय राजमार्ग- 27 मा भएको सड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। भनिन्छ, द्रूत गतिको कन्टेनर वाहनले त्यसै दिशामा गइरहेको एउटा ट्रकलाई ठक्कर दियो जसले गर्दा ट्रक पल्टिएर विपरीत दिशाबाट आइरहेको स्विफ्ट डिजायर कारसित ठोक्कियो।
यस दुर्घटनामा ट्रकमा सवार एकजना व्यक्तिको मृत्यु भयो। कन्टेनरको ड्राइभर गम्भीर रूपमा घाइते भयो भने कारमा सवार एकजना व्यक्तिलाई सामान्य चोट लाग्यो। अन्तिम सूचना पाउँदासम्ममा मृतकको पहिचान हुन सकेको थिएन।
घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले दुवै घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराएको छ भने घटनामा ज्यान गुमाउने व्यक्तिको शवलाई पुलिसले पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटल (जीएमसीएच)-मा पठाइदिएको छ। पुलिसले घटनालाई लिएर प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा