रिषड़ा नगरपालिकामा भाजपाको प्रदर्शन, विभिन्न जनसमस्याहरूलाई लिएर सुम्पिइयो ज्ञापन
रिषड़ा नगरपालिकामा भाजपाको प्रदर्शन, विभिन्न जनसमस्याहरूलाई लिएर सुम्पिइयो ज्ञापन


हुगली, 03 जुलाई (हि.स.)। रिषड़ा नगरपालिका क्षेत्रमा व्याप्त विभिन्न नागरिक समस्याहरूलाई लिएर भारतीय जनता पार्टी (भाजपा) एवं भारतीय जनता युवा मोर्चा (भाजयुमो)-को श्रीरामपुर मण्डल-4 औ मण्डल-5 को पक्षबाट शुक्रवार अपरानन्ह रिषड़ा नगरपालिकामा प्रदर्शन गरी अधिकारीहरूलाई ज्ञापन पत्र सुम्पिइयो।

कार्यक्रमको शुरुआत नगरपालिकाको मुख्य प्रवेश द्वारमा भाजपा कार्यकर्ताहरूको भेलाबाट भयो। यस अवधि पार्टी नेताहरूले उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै नगरका विभिन्न समस्या तथा समाधानको आवश्यकतामाथि आफ्नो कुरा राखे। त्यसपछि भाजपाको एक प्रतिनिधिमण्डलले नगरपालिकाका अधिकारीहरूसित भेट गरी विभिन्न मागहरूमाथि चर्चा गरेपछि ज्ञापन सुम्पियो।

प्रतिनिधिमण्डलमा भाजपा श्रीरामपुर मण्डल-4 का अध्यक्ष सन्तोष सिंह, पार्षद शशि सिंह झा, पार्षद मनोज सिंह, अजय सिंह, विजय उपाध्याय, प्रिन्स चौबे, राकेश सिंह तथा भाजयुमो मण्डल-4 का अध्यक्ष सन्तोष मण्डल सहित अन्य नेताहरू सामेल थिए।

भाजपा नेता अनुसार ज्ञापनमा जल निकासी व्यवस्थामा सुधार, शहरको सफाई, नालीहरूको नियमित सफाई, अतिक्रमण हटाउने, नगरपालिकामा कथित आर्थिक अनियमितताहरूको जाँच गराउने समेत केही जनहितसित सम्बन्धित मुद्दाहरू उठाइएको छ।

भाजपा पार्षद शशि सिंह झाले बताए, नगरवासीहरूको लामो समयदेखिको थाँतीमा रहेका समस्याहरूको समाधानको मागलाई लिएर यो ज्ञापन सु्म्पिइएको छ। उनले भने, नगरपालिकाका अधिकारीहरूले सबै मागहरूलाई गम्भीर रूपमा सुने, त्यसलाई अभिलेखमा दर्ता गरे तथा शीघ्र आवश्यक कारबाही गर्ने आश्वासन दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande