गुवाहाटी जाली नोटकाण्डः भाग्ने प्रयास गर्दा आरोपीको खुट्टामा लाग्यो गोली
गुवाहाटी जाली नोटकाण्डः भाग्ने प्रयास गर्दा आरोपीको खुट्टामा लाग्यो गोली


गुवाहाटी, 04 जुलाई, (हि.स.)। गुवाहाटीमा जाली भारतीय मुद्रा ऱ्याकेटसित सम्बन्धित ममिलामा पक्रा परेको एकजना आरोपी पुलिस कारबाही अवधि कथित रूपमा भाग्ने प्रयास गर्दैगर्दा पुलिसको गोली लागेर घाइते भएको छ। घाइते आरोपी अजय बिस्वकर्मलाई उपचारको लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच) मा भर्ती गरिएको छ जसलाई देबोजीत देउरीसितै गत 2 जुलाईको दिन दिसपुर पुलिसले सिक्स माइलस्थित नागाल्याण्ड हाउसको छेउमा वाहन जाँच अवधि पक्राउ गरेको थियो।

पुलिसले आरोपीहरूको वाहनबाट 500 रुपियाँका जाली नोटहरूको बण्डल जफत गरेको थियो जसको अङ्कित मूल्य 2.56 लाख रुपियाँ रहेको बताइएको छ। वाहनलाी पनि जफत गरिएको छ। प्रारम्भिक जाँचमा दुवै आरोपी कुनै ठूलो जाली नोट गिरोहसित जोड़िएको आशङ्का व्यक्त गरिएको छ। मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande