
गुवाहाटी, 04 जुलाई, (हि.स.) । राइजर दलका अध्यक्ष एवं विधायक अखिल गोगोईले शनिवार कङ्ग्रेस सांसद गौरव गोगोईमाथि चर्को प्रहार गर्दै भने, उनले कथित अहङ्कारी तथा जिद्दी कार्यशैली छोड़्नुपर्छ। उनले दाबी गरे, गौरव गोगोईको नेतृत्वमा कङ्ग्रेसको भविष्य सुरक्षित छैन।
अखिल गोगोईले भने, यदि गौरव गोगोईले आफ्नो हठभागितालाई त्यागेनन् भने कङ्ग्रेसको भविष्यलाई उनले बचाउन सक्ने छैनन्। उनले कटाक्ष गर्दै भने, गौरव गोगोईले अहिलेघरि मुख्यमन्त्री बन्ने सपना मात्र देखिरहेका छन्।
राइजर दलका अध्यक्षले दाबी गरे, यदि उनको पार्टीले कङ्ग्रेससित गठबन्धन नगरेको भए विधानसभा चुनाउमा 5-6 वटा सीट जित्नसक्थ्यो।साथै राज्यमा मान्यता प्राप्त राजनीतिक दलको दर्जा हासिल गर्थ्यो।
अखिल गोगोईले भने, उनको पार्टीले अब पहिलाको जस्तो कङ्ग्रेससित विवाद गर्नेछैन। उनले विश्वास गरे, आगामी वर्ष 2031-को विधानसभा चुनाउमा राइजर दलले कि त सरकार बनाउँछ कि त राज्यको दोस्रो सबैभन्दा ठूलो राजनीतिक शक्ति भएर उदाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा