
गुवाहाटी, 04 जुलाई, (हि.स.)। असमका आवास एवं शहरी कार्य मन्त्री कौशिक रायले शनिवार गुवाहाटी शहरको लागि तयार जीआईएस आधारित व्यापक ड्रेनेज मास्टर प्लान तथा बाहिनी-भरलू बेसिनको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) को समीक्षा गरे। बैठकमा शहरको जल निकासी व्यवस्थालाई सुदृढ़ बनाउने औ बारम्बार हुने जलभराउको समस्याको स्थायी समाधानमाथि विस्तृत चर्चा गरियो।
जनता भवनमा आयोजित समीक्षा बैठकमा प्रस्तावित ड्रेनेज परियोजना, तकनिकी सुझाउ औ वर्षा जल प्रबन्धनसित सम्बन्धित विभिन्न पाटोहरूको समीक्षा गरियो। बैठकमा यस कुरामाथि विशेष बल दिइयो कि प्रस्तावित योजनाहरू व्यवहारिक, टिकाऊ तथा प्रभावकारी होस् ताकि शहरको जलनिकासी व्यवस्थामा दीर्घकालिक सुधार सुनिश्चित गर्न सकियोस्।
बैठकको अध्यक्षता गर्दै मन्त्री कौशिक रायले सम्बन्धित सल्लाहकारहरूलाई निर्देश दिए, बैठकमा दिइएका सुझाउहरूलाई सामेल गर्दै मास्टर प्लान तथा डीपीआरमा आवश्यक संशोधन गरियोस्। उनले अन्तिम स्वीकृति दिनअघि संशोधित प्रस्तावहरूको पुनः गहन समीक्षा गर्ने निर्देश पनि दिए ताकि भविष्यमा कुनै प्रकारको कमी वा त्रुटि नहोस्।
बैठकमा शहरी बाढ़ प्रबन्धनको लागि समग्र तथा दीर्घकालिक रणनीति अप्नाउने, अत्यधिक वर्षाको परिस्थितिसित सामना गर्ने क्षमता बढ़ाउने अनि प्राथमिकतामा रहेका परियोजनाहरूलाई समयबद्ध ढङ्गमा लागू गर्नेमाथि बल दिइयो।
बैठकमा आवास एवं शहरी कार्य विभाग, जीएमडीए, एयूआईडीएफसीएल, लोक निर्माण विभाग तथा गुवाहाटी नगरनिगमका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। मन्त्री रायले गुवाहाटीमा जलभराउको समस्याको प्रभावकारी समाधान औ नागरिकहरूको जीवन स्तरमा सुधार ल्याउनको लागि सबै विभागहरूसित समन्वय राखेर कार्य गर्ने आह्वान गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा