
सिलगढ़ी, 04 जुलाई (हि.स.)। पाठ्यपुस्तकहरूमा सीमित रहने इतिहास अब सिलगढ़ीको तराई तारापदा आदर्श विद्यालयमा जीवन्त रूपमा सबै सामु आयो। विद्यार्थीहरूलाई अतीतको श्रेष्ठ ज्ञान दिन तथा इतिहासलाई नजिकबाट महसूस गर्ने उद्देश्यले विद्यालय परिसरमा शनिवार एक विशेष ‘इतिहास प्रदर्शनी’- को आयोजन गरियो।
यस प्रदर्शनीमा केही प्राचीन औ दुर्लभ वस्तुहरूलाई प्रदर्शित गरियो। विभिन्न कालखण्डहरूका सिक्काहरूसँगसँगै पुरानो पोस्टकार्डहरूको सङ्ग्रह पनि आकर्षणको केन्द्र बनेको थियो। तथापि प्रदर्शनीको सबैभन्दा विसेष आकर्षण महात्मा गान्धीको समयको चश्मा रह्यो जसलाई हेर्नका लागि विद्यार्थीहरूमा विशेष उत्साह देखियो।
यस अतिरिक्त केही ऐतिहासिक धरोहरहरूलाई पनि सजाएर राखिएको थियो जसले विद्यार्थीहरूको जिज्ञासालाई अझ बढ़ायो। विद्यालय प्रशासनको भनाइ छ, यस पहलको उद्देश्य विद्यार्थीहरूलाई इतिहासलाई रट्नेसम्म मात्र सीमित नराखेर त्यसलाई वास्तविक रूपमा अनुभव गराउनु हो।
दुर्लभ ऐतिहासिक वस्तुहरूलाई अगाड़ि देखेर विद्यार्थीहरू व्यापक उत्साहित भएको देखियो। उनीहरूको मान्यतामा यस किसिमको व्यवहारिक शिक्षाले इतिहासलाई अझ रोचक तथा बुझ्नमा सहज बनाउँछ।
विद्यालयको यस अनौठो पहलको अभिभावकहरूले सराहना गर्दै भनेका छन्, यस किसिमको आयोजनले विद्यार्थीहरूक समग्र विकासमा महत्वपूर्ण भूमिका निभाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा