
चुराचाँदपुर (मणिपुर), 04 जुलाई (हि.स.)। मणिपुरका मुख्यमन्त्री वाई. खेमचन्द सिंहले शनिवार वर्ष 2023-मा भएको जातीय हिंसापछि पहिलो पटक चुराचाँदपुरको भ्रमण गरी पूर्व भाजपा विधायक वुङ्गजागिन वाल्टेको अन्तिम संस्कारमा सामेल भएर उनलाई श्रद्धाञ्जली दिए।
मुख्यमन्त्रीले शोकसभालाई सम्बोधन गर्दै वाल्टेमाथि भएको हमलालाई लिएर गहिरो दुःख व्यक्त गरे। उनले भने, यदि म त्यस साँझ वाल्टेको साथमा भएको भए उनीमाथि हमला कहिल्यै हुँदैनथ्यो। उनले दिवङ्गत विधायकलाई आफ्नो निकटवर्ती राजनीतिक सहयोगी बताउँदै उनको परिवारलाई हरसम्भव सहायता गर्ने भरोसा दिलाए।
मुख्यमन्त्रीको दौड़ाह कड़ा सुरक्षा व्यवस्थाबीच सम्पन्न भयो। यद्यपि कुकी-जोमी समुदायका केही सङ्गठनहरूले उनको भ्रमणको विरोध गरे पनि यात्रा अवधि कुनै ठूलो अप्रिय घटना घटेको सूचना प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा