राज्य सरकारले विधायक अरूप च्याटर्जीको सुरक्षा सुनिश्चित गरोस्: माकपा
राज्य सरकारले विधायक अरूप च्याटर्जीको सुरक्षा सुनिश्चित गरोस्: माकपा


राँची, 04 जुलाई (हि.स.)। माकपाका राज्य सचिवमण्डल विधायक अरूप च्याटर्जीलाई दुबईबाट प्रिन्स खानको नाममा धम्की दिनुलाई चिन्ताजनक घटना मानिएको छ। माकपाका राज्य सचिव प्रकाश विप्लवले डीजीपी औ गृह सचिवसित यस घटनाको उच्चस्तरीय जाँच गरी अरुप च्याटर्जीलाई सुरक्षा दिनुपर्ने माग गरेका छन्।

राज्य सचिवद्वारा शनिवार प्रेस विज्ञप्ति जारी गरी भनिएको छ, निर्वाचित जनप्रतिनिधि औ ट्रेड यूनियन नेतालाई यस किसिमको धम्की दिइनु राज्यमा कानून व्यवस्था कमजोर हुनु तथा अपराधीहरूको मनोबल बढ़ेको सङ्केत हो। उनले भने, माकपाले यस घटनाको भर्त्सना गर्दै अरूप च्याटर्जीको सुरक्षा सुनिश्चित गर्ने माग गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande