
खरसाङ, 04 जुलाई (हि.स.)। खरसाङ महकुमा खेलकुद संघले गत वर्षहरु झैँ यस वर्ष पनि स्वर्गीय धर्मे तामाङ, स्वर्गीय राजु तामाङ अनि स्वर्गीय शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त क्यारम प्रतियोगिता खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा 5 जुलाईदेखि शुरु हुनेछ।
शनिवार यसै प्रतियोगितालाई लिएर संघले सम्पूर्ण तयारी पूरा गरेको छ। स्थानको अनुमतिका कारण यस वर्ष केवल एकल वर्गमा मात्र उक्त प्रतियोगिता खेलाइने छ भने सिमित प्रतियोगीहरुलाई मात्र प्रवेश दिएको जानकारी प्राप्त छ।
खरसाङ महकुमा खेलकुद संघका सचिव निर्मल गुरुङले सबै प्रतियोगीहरुलाई समयमा नै आइदिने अनुरोध गरेका छन्। उनले क्यारम प्रतियोगिताको समापनको लगत्तै 11 औं जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता आगामी 19 जुलाईमा हुने पनि जानकारी दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक