खरसाङ हाट बजारका दोकानेहरुको विधायकसित सभा हुने
Kurseong haat bazar


खरसाङ, 04 जुलाई (हि.स.)। खरसाङ बजारको हाट बजार क्षेत्रका रहेका 123 वटा दोकानहरुको समस्यालाई लिएर खरसाङका विधायक सोनाम लामासित सभा हुने भएको छ। गत शनिवार खरसाङ नगरपालिकाको प्रशासनबाट हाट बजार क्षेत्रका 123 वटा दोकानहरुलाई 15 दिनभित्रमा दोकानहरु सार्नु पर्ने सूचना आएपछि 123 वटा दोकानहरुलाई लिएर विभिन्न अडकलबाजी शुरु भएको छ।

यस सूचनाको विरोधमा दोकानेहरुले आफ्ना दोकानहरु दुई दिन बन्द गरेका थिए। सूचना पाएका 123 वटा दोकानेहरुलाई अफवाहमा नकुद्न विधायक सोनाम लामाले सुझाउ दिएका छन्। उनले दोकानेहरुलाई लिएर सभा पनि आयोजना गर्ने भएको जानकारी प्राप्त भएको छ।

उक्त सभा आइतवार गोर्खा जनपुस्तकालय भवनमा दिउँसो 2 बजीदेखि शुरु हुने विधायकका प्रतिनिधि एवं भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद र खरसाङ हाट बजार व्यवसायी संगठनका सभापति राजु सेवाले जानकारी गराएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande