दक्षिण-पूर्व रेलवेले 16 वटा मेमू ट्रेनहरूलाई 15 दिनको लागि रद्द गऱ्यो
दक्षिण-पूर्व रेलवेले 16 वटा मेमू ट्रेनहरूलाई 15 दिनको लागि रद्द गऱ्यो


खड़गपुर, 04 जुलाई (हि.स.)। दक्षिण पूर्व रेलवेले आगामी 13-देखि 27 जुलाईसम्मको लागि विभिन्न मार्गहरूमा चल्ने 16 वटा मेमू ट्रेनहरूलाई रद्द गर्ने निर्णय लिएको छ। रेलवे प्रशासनले गए शुक्रवार राती यस आशयको जानकारी दियो। तथापि ट्रेनहरूको निरस्तीकरणको कारण बारे आधिकारिक जानकारी दिइएको छैन।

यी ट्रेनहरू रद्द रहनाले विशेष रूपमा पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया तथा ओडिशाका सीमावर्ती क्षेत्रहरूका दैनिक यात्रीहरूलाई असुविधा हुनसक्छ। यात्रीहरूको भनाइ छ, दक्षिण-पूर्व रेलवेमा पहिलाबाटै स्थानीय, मेमू तथा ईएमयू ट्रेनहरू विलम्ब गरी परिचालन भइरहेका छन्। यस्तो स्थितिमा लगातार 15 दिनसम्म लगातार केही ट्रेनहरू रद्द रहनाले उनीहरूको कठिनाई अझ बढ़्नसक्छ।

रेलवेद्वारा जारी सूची अनुसार आगामी 13-देखि 27 जुलाईबीच रद्द रहने मेमू ट्रेनहरूमा क्रमैले 68087/68088 विष्णुपुर–धनबाद मेमू 68095/68096 बाँकुड़ा–जयरामबाती मेमू 68093/68094 खड़गपुर–झाड़ग्राम मेमू 68023/68024 झाड़ग्राम–पुरुलिया मेमू 68025 चक्रधरपुर–राउरकेला मेमू 68031/68032 झारसुगुड़ा–सम्बलपुर मेमू 68033/68034 स्बलपुर–झारसुगुड़ा मेमू 68030 झारसुगुड़ा–राउरकेला मेमू 68026 राउरकेला–चक्रधरपुर मेमू सामेल छन्।

यसबीच दक्षिण पूर्व रेलवेले यात्रीहरूको सुविधालाई श्रेष्ठ बनाउनको लागि हावड़ा स्टेशन तथा मण्डलका अन्य स्टेशनहरूमा आधारभूत संरचनाको विकास कार्यलाई जारी राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande