मन्त्री शङ्कर घोषले प्रस्तावित आधुनिक पार्किङ्ग जोनको निरीक्षण गरे
मन्त्री शङ्कर घोषले प्रस्तावित आधुनिक पार्किङ्ग जोनको निरीक्षण गरे


सिलगढ़ी, 04 जुलाई (हि.स.)। शहरको सबैभन्दा व्यस्त क्षेत्रहरूमा सामेल बिधान रोडमा पछिल्लो लामो समयदेखिको व्याप्त ट्राफिक जामको समस्यालाई कम गर्नको लागि प्रशासनले ठूलो कदम उठाएको छ। यसै उद्देश्य अन्तर्गत कञ्चनजङ्घा स्टेडियमको मेला ग्राउण्डलाई एक आधुनिक पार्किङ्ग ज़ोनको रूपमा विकसित गर्ने योजना बनाइएको छ।

शनिवार राज्यका पर्यटन मन्त्री औ सिलगढ़ीका विधायक शङ्कर घोषले प्रस्तावित स्थलको निरीक्षण गरे। यसावधि मन्त्री घोषसित डीसीपी ट्राफिक, ट्राफिक पुलिसका अन्य अधिकारी औ नगरनिगमका आयुक्त पनि उपस्थित थिए। निरीक्षणको क्रममा पार्किङ्ग जोनको आधारभूत संरचना, वाहनहरूको प्रवेश तथा निकासी व्यवस्था,सुरक्षा एवं सञ्चालसित सम्बन्धित विभिन्न पाटोहरूलाई लिएर विस्तारपूर्वक चर्चा गरियो।

मन्त्री शङ्कर घोषले भने, यो पार्किङ्ग जोन सञ्चालन हुन थालेपछि एकैसाथमा सयकड़ौं दुई चक्के तथा चार चक्के वाहनहरूलाई राख्न सकिन्छ। नगरनिगमद्वारा निर्धारित शुल्क अन्तर्गत मानिसहरूले सुरक्षित रूपमा आफ्नो वाहनहरूलाई राख्न सक्नेछन्। यसबाट बिधान रोडमा अव्यवस्थित सड़क किनारमा हुने पार्किङ्ग केही हदसम्म कम हुनेछ।

स्मरण गराइन्छ, सिलगढ़ीको बिधान मार्केट औ हङ्गकङ्ग मार्केटमा दिनहुँ दार्जीलिङ, कालेबुङ, सिक्किम जस्ता पार्वतीय क्षेत्रहरूबाट ठूलो सङ्ख्यामा मानिसहरू किनमेल गर्नका लागि यहाँ आउने गर्दछन्। पर्याप्त पार्किङ्गको सुविधा नभएको कारणले उनीहरूलाई विविध समस्याको सामना गर्नुपर्छ। स्थानीय व्यापारीहरूलाई पनि यस्तै समस्याहरूको सामना गर्न परिरहेको छ। कञ्चजङ्घा स्टेडियमको मेला ग्राउण्डमा आधुनिक पार्किङ्ग जोन स्थापना भएपछि आम नागरिक तथा व्यापारीहरू दुवैलाई राहत पुग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande