नवनिर्वाचित विधायकहरूको लागि दुई दिवसीय ओरिएन्टेशन कार्यक्रमको शुभारम्भ
नवनिर्वाचित विधायकहरूको लागि दुई दिवसीय ओरिएन्टेशन कार्यक्रमको शुभारम्भ


गुवाहाटी, 04 जुलाई (हि.स.)। असम विधानसभाका अध्यक्ष रञ्जीत कुमार दासले शनिवार नवनिर्वाचित विधायकहरूका लागि आयोजित दुई दिवसीय ओरिएन्टेशन (अभिमुखीकरण) कार्यक्रमको शुभारम्भ गरे। उनले भने, यो प्रशिक्षणले विधायकहरूलाई विधानसभाको कार्यप्रणाली, नियम तथा प्रक्रियाहरूको उच्च ज्ञान प्रदान गर्नेछ तथा उनीहरूलाई प्रभावकारी जनप्रतिनिधिको रूपमा कार्य गर्नमा मद्दत गर्नेछ।

गोपीनाथ बरदलै भवनको प्रेक्षागृहमा आयोजित उद्घाटन समारोहमा अध्यक्षले विधायकहरूसित नौ जना विशेषज्ञहरूद्वारा विभिन्न विषयहरूमा दिइने प्रशिक्षणको पूर्ण लाभ उठाउने आह्वान गरे। कार्यक्रममा विधानसभाको कार्यप्रणाली, प्रश्नकाल, बहस, नेतृत्व, बजट, अर्थव्यवस्था, पर्यावरण, सामाजिक कल्याण तथा मीडिया सहित विभिन्न विषयहरूमा प्रशिक्षण दिइँदैछ।

उद्घाटन समारोहमा संसदीय कार्य मन्त्री पीयूष हजारिका, लोकसभा सांसद दिलीप सैकिया तथा मन्त्री नीलिमा देवी सहित अन्य गण्यमान्य मानिसहरू उपस्थितथिए। दुई दिवसीय कार्यक्रममा शिक्षाविद, वरिष्ठ प्रशासनिक अधिकारी तथा अनुभवी पत्रकारहरू सहित विभिन्न क्षेत्रका विशेषज्ञहरूले संसाधन व्यक्तिको रूपमा विधायकहरूलाई प्रशिक्षण प्रदान गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande